उत्पादित वस्तुलाई निर्यातमा बढाउन निजी क्षेत्र र सरकार मिलेर काम गर्नुपर्छ : अध्यक्ष श्रेष्ठ
१९ पुष, २०८१, शुक्रवार
- शुक्रबार पत्रकार सम्मेलन गर्दै परिषद्ले नेपाली हस्तकला र उत्पादनहरुको प्रदर्शनी मेलाको उद्घाटन गरेको हो ।
काठमाडौं : नेपाल निर्यात परिषद्ले २७ औँ वार्षिक साधारण सभा तथा नवौं निर्यात दिवसको उपलक्ष्यमा व्यापार मेला आयोजना गरेको छ । शुक्रबार पत्रकार सम्मेलन गर्दै परिषद्ले नेपाली हस्तकला र उत्पादनहरुको प्रदर्शनी मेलाको उद्घाटन गरेको हो ।
‘निर्यातको अभियान, समृद्ध नेपालको पहिचान’ भन्ने मूल नाराका साथ प्रदर्शनी मेलाको उद्घाटन गरिएको छ ।
उक्त मेलाको उद्घाटन गर्दै नेपाल निर्यात परिषद्का अध्यक्ष नरेशलाल श्रेष्ठले रसिया युक्रेनको युद्धपछि देशमा आर्थिक मन्दि भएको बताए । उनले रसिया युक्रेनको युद्धपछि देशमा निर्यातले धेरै नै कठिनाईहरु भोगिरहेको बताए । उनले उत्पादित वस्तु निर्यात बढाउन निजी क्षेत्र र सरकारले मिलेर काम गर्नुपर्ने बताए ।
उनले भने, ‘रसिया युक्रेनको युद्धपछि आयात निर्यात दुवैमा कठिनाई भएको छ । यो युद्धले देशमा आर्थिक मन्दि बढि नै भएको देखिन्छ । अब हामीले सोच्ने बेला आएको छ । निर्यातलाई कसरी बढाउने र भावि कार्य योजना कसरी बनाउने यसको लागि तयार रहनु पर्दछ ।
उत्पादित वस्तुको निर्यात बढाउन निजी क्षेत्र र सरकारले मिलेर काम गरे मात्र सम्भव छ, हामीहरुले कर बढी तिनुपर्ने, सरकारले दिने सुविधाहरु पनि नपाइएको अवस्था छ । सकेसम्म डेढ खरबको निर्यातलाई बढाएर लगभग २ खरब हामीले पुर्याउनुपर्छ ।’
साथै, उनले उत्पादन गरेको वस्तुहरुको मूल्यको कर बढी भएको बताए । उनले उत्पादित वस्तुहरु अन्तर्राष्ट्रि बजारमा पुग्न नसक्दा निर्यात घट्दै गैइरहेको बताए ।
यसैगरी, उक्त कार्यक्रममा व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक शरद विक्रम राणाले सुस्ताएको नेपालको अर्थतन्त्र उत्पादित वस्तुहरुलाई निर्यात गरेर सकारात्मकतर्फ अगाडि बढाउन सकिने बताए । उनले बाहिरबाट आयातित केही वस्तु हटाए मात्र नेपालको उत्पादित वस्तु निर्यात हुने बताए ।
उनले भने, ‘सुस्ताएको नेपालको अर्थतन्त्र उत्पादित वस्तुहरुलाई निर्यात गरेर सकारात्मकतर्फ अगाडि बढाउन सकिन्छ । बाहिरबाट आयातित केही वस्तु हटाए मात्र नेपालको उत्पादित वस्तु करिव ५०÷६० अरबको निर्यात हुन सक्छ ।’
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
बाढी पिडितका लागि काठमाडौँ महानगरले साढे ४ करोड सहयोग दिने
-
परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ यीबीच टेलिफोन वार्ता
-
चितवनमा भेटिएका पहिचान नखुलेका शवको जमिनमुनि व्यवस्थापन गर्न शुरु
-
१८७ जना विदेशी पर्यटकको उद्धार, अझै ४२० सम्पर्कविहिन
-
शशांकले भने- महाधिवेशनको कार्यतालिका यथाशीघ्र सार्वजनिक गर्छौँ
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।